Mon12112017

Last update01:57:25 AM

प्रधानमन्त्री दाहालले भोट हाले

प्रधानमन्त्री दाहालले भोट हाले

आज वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको दिन । प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका वडा नं. ४ लक्ष्मी मावि मतदान केन्द्रमा मतदान गरेका छन् । प्रधानमन्त्रीले मतदान गर्ने भएकाले उक्त मतदान केन्द्रमा सञ्चारकर्मी, अधिकारकर्मी र सुरक्षाकर्मीहरुको भीड लागेको थियो । मतादन गरिसकेपछि प्रधानमन्त्री दाहाल काठमाण्डौं फर्किएका छन् । भरतपुर महानगरपालिकामा दाहालपुत्री रेणु दाहाल मेयर पदकी उम्मेदवार छिन् ।

बाँकी अंश

Back You are here: Home गृह पृष्ठ मुग्लिन सडकको असर पर्यटनमा

प्रमुख समाचार

मुग्लिन सडकको असर पर्यटनमा

शालिग्राम नेपाल नारायणगढ, २१ साउन । नारायणगढ मुग्लिन सडक खण्डमा गइरहने पहिरो र सडक जामको प्रत्यक्ष असर चितवनको पर्यटन क्षेत्रमा परेको छ । भूकम्पले थलिएको पर्यटन क्षेत्र बिस्तारै उकालो लाग्ने अवस्था आउन थालेपनि सडक बिस्तारको काम गर्न थालिएको मुग्लिनको बाटोमा सवारी जाम हुन थालेपछि समस्या आएको पर्यटन व्यवसायीहरुले बताएका छन् । ‘भूकम्पले गर्दा महिनौँ सुनसान रहेको यस क्षेमा बिस्तारै पर्यटक देखिन थालेका थिए, अहिले पुनः पुरानै अवस्था आएको छ’ क्षेत्रीय होटल संघ सौराहका उपाध्यक्ष सुमन घिमिरेले भने, ‘स्थल मार्गबाट आउने पर्यटकहरु मुग्लिनको बाटोले गर्दा चितवन बसाई रद्द गरेका छन् । बाहिर देशबाट आएकाहरु काठमाडौँ पोखरा हुँदै चितवन आउने गर्दथे ।’ मुग्लिन नारायणगढ सडक बिस्तारको काम र वर्षातमा हुने पहिरोको कारण सडक अवरुद्ध हुने समस्याले पर्यटक घटेका छन् । ‘हवाइ मार्गबाट आउनेहरुको संख्या थोरै छ । त्यसमा पनि भरतपुर काठमाडौँ हुने उडानको क्षमता थोरै भएको कारणले पनि एकै पटक धेरै यात्रर बोक्न सक्ने जहाज छैन । धेरै पर्यटक स्थलमार्गबाट आउने हुने गर्दछन्’ घिमिरेले भने, ‘स्थलमार्गमा हुने अवरोधले गर्दा जोखिम मोलेर आउन चाहँदैनन् ।’ विदेशी पर्यटकदेखि स्वदेशी पर्यटकलाई समेत मुग्लिनको बाटोले समस्या भएको उपाध्यक्ष घिमिरेले बताए । भूकम्पपछिका दिनभन्दा अहिले केही सुधारका संकेत देखिएपनि सन्तोष मान्ने अवस्था भने नरहेको उनले बताए । गएको वर्षातको समयभन्दा अहिले सुधार आएको छ तर पनि आशा गरे अनुसारको पर्यटक आउन सकेको छैनन् । ‘स्वदेशी पर्यटक र स्थल मार्गबाट आउन चाहने पर्यटकको लागि मुग्लिन नारायणगढको सडकमा हुने अवरोधले गर्दा असर परेको हो’ घिमिरेले भने, ‘वर्षातको समय होटल व्यवसाय गर्नेहरुका लागि उपयुक्त होइन ।’ अहिले सौराहाका होटल व्यवसायी आन्तरिक व्यवस्थापनमा लागेका छन् । होटलको क्षमता वृद्धि, आन्तरिक सजावट, कोठाको मर्मत, पर्यटकलाई आकर्षित गर्न नयाँ सुविधा ल्याउने काम भइरहेको उनले बताए । पहिलेदेखि सञ्चालनमा रहेका होटलहरुले आफ्नो क्षेत्रमा स्वीमिङ पुल निर्माणको काम गरिरहेका छन् । पुराना यस्ता चार वटा होटलहरुले आधुनिक स्वीमिङ पुल निर्माणको काम धमाधाम गरिरहेको क्षेत्रीय होटल संघले जनाएको छ । सौराहामा अहिले चीन, भारत र केही युरोपियन मुलुकका पर्यटकहरुको चहलपहल भएको क्षेत्रीय होटल संघ सौराहाले जानकारी दिएको छ । पर्यटकको संख्या घटेपछि होटल व्यवसाय चलाउनका लागि समस्या हुन थालेको क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष शंकर सैजुले बताए । ‘पर्यटक आएका छैनन् । यसै क्षेत्रमा लागियो, पेशा छाड्न भएन । कठिनाईका साथ पेशालाई निरन्तरता दिएका छौँ’ उनले भने, ‘मुग्लिनको बाटोमा हुने सडक अवरुद्धले गर्दा चितवन आउन चाहने पर्यटकहरुले पनि चितवन बसाई क्यान्सिल गर्न थालेको छन् ।’ पोखराबाट चितवन आउन चाहने, काठमाडौँहँुदै चितवन आएर पोखरा जान चाहने पर्यटकहरु मुग्लिनको जाममा बसेपछि योजना परिवर्तन गरेर फर्कने धेरै भएको सैजुले बताए । हवाई मार्गबाट आउनेहरुले मात्र होटल व्यवसाय चलाउन नसकिने बताउँदै उनले भने, ‘स्थल मार्गबाट मात्रै धेरै पर्यटक आउँछन् । एकै पटक दुई, तीन सय जना बोक्ने जहाज भरतपुरमा अवतरण गर्न सक्ने भएमा राम्रो हुने थियो तर त्यो अवस्था छैन ।’ स्थल मार्ग भएर आउनेको लागि समस्या भएपछि अन्तरिक पर्यटकको संख्या ह्वात्तै घटेको उनले बताए । ट्राभल एजेन्सीमार्फत पर्यटक आउने होटलहरुमा केही पर्यटक देखिएपनि अन्य होटलहरु भने सुनसान रहेको होटल व्यवसायी दामोदर रेग्मीले बताए । ‘आन्तरिक पर्यटकको संख्या न्यून छ’ उनले भने, ‘कार्यक्रम आयोजना हुन छाडेको छ । घुम्न, रमाउन आउने स्वदेशी पर्यटक अहिले छैनन् ।’ सौराहामा मात्र होइन, पर्यटकको संख्या चितवनका अन्य क्षेत्रहरुमा पनि घटेको छ । सौराहापछि विदेशी तथा स्वदेशी पर्यटक आउने पश्चिम चितवनको पटिहानी, मेघौलीका होटलहरुमा पनि असर परेको छ । मेघौलीमा सञ्चालनमा रहको ठूलो लगानीका होटल सिजी रिसोर्ट, बराही जंगल रिसोर्टमा पनि पर्यटकको संख्या न्यून रहेको छ । जुन, जुलाई, अगष्ट महिना पर्यटकको लागि अफसिजन हो । यही समय पारेर होटल व्यवसायीहरुले केही छुटको व्यवस्था गरेपनि पर्यटकको संख्या भने वृद्धि हुन सकेको छैन । ३६ किलोमिटर लामो मुग्लिन नारायणगढ सडक खण्डको सुधारको काममा आएको ढिलाईले पर्यटन क्षेत्रसंगै यातायात व्यवसायीलाई समेत प्रभाव पारेको छ । अन्यन्त कामको जरुरी परेर यात्रा गर्नेहरु हवाइ मार्गबाट जान्छन् । थोरै पुँजी हुनेहरु पनि मुग्लिनको बाटोमा आएको समस्याले गर्दा ऋण गरेर हवाइजहाज चढ्न थालेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले बताए । मुग्लिनको बाटो समयमा बन्न नसक्दा धेरै घाटा सवारी साधनलाई भएको उनको भनाई छ । यात्रु पाउन मुश्किल हुने, सवारी चढेर गएकाहरुको पनि यात्रा सन्तोषजनक नहुने भएपछि व्यवसायमा असर परेका हो । काठमाडौँ, पोखरा जाने मुख्य मार्ग मुग्लिन भएको कारण त्यसमा हुने जाम र पहिरोको असर परेका उनले बताए ।
 FaceBook  Twitter  gmail

लिंकहरु