समाचार

इलेक्ट्रोनिक्स संघमा नयाँ नेतृत्व

नारायणगढ, ३२ जेठ । इलेक्ट्रोनिक्स व्यवसायी संघ नारायणगढको २९औँ साधारणसभा एवम् अधिवेशनले सत्यनारायण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा लालबाबु गुप्ता, सचिवमा सागर सुवेदी, सहसचिवमा दया सापकोटा, कोषाध्यक्षमा ताराप्रसाद घिमिरे चयन भएका छन् । चितवनमा एक सय ५३ वटा र नारायणगढमा ९५ वटा इलेक्ट्रोनिक्स पसल सञ्चालनमा रहेको संघले जनाएको छ । अधिवेशन उद्घाटन सत्रमा मन्तव्य राख्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले व्यवसायीहरु न्यून बिजकीकरणका कारण मर्कामा परेको बताए । अधिवेशनमा सचिव लालबाबु कानुले प्रगति प्रतिवेदन र कोषाध्यक्ष उमेश तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष अर्जुन पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्युत व्यवसायी संघ चितवनका अध्यक्ष प्रजापति सापकोटा, इलेक्ट्रोनिक्स व्यवसायी संघ नारायणगढका निवर्तमान अध्यक्ष विष्णु कँडेल लगायतले मन्तव्य राखेका थिए ।