Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार मगरले मनाए नामरुङ्गे पर्व

समाचार

मगरले मनाए नामरुङ्गे पर्व

नारायणगढ, ३२ जेठ । मगर समुदायको नामरुङ्गे पर्व सोमबार चितवनका विभिन्न स्थानमा मनाइएको छ । नेपाल मगर संघ चैनपुरले नाचगानसहित कार्यक्रम मनाएको हो । पूर्वी चितवनको चैनपुर, वीरेन्द्रनगर, पिप्ले, भण्डारा लगायतका स्थानमा पर्व मनाइएको छ । सोनी लाफा मगर समाजका अध्यक्ष जगतबहादुर राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ चितवनका जिल्ला सदस्य अमृत आलेमगर, खैरहनी नगरपालिकाका मगर संघका अध्यक्ष भक्तबहादुर थापामगर, राप्ती नगरपालिकाका मगर संघका अध्यक्ष वीरबहादुर सिंजाली, डम्बरबहादुर थापामगर, विक्रम थापा लगायतले मन्तव्य राखेका थिए ।