Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार सिद्धिविनायकमा निःशुल्क मुटु परीक्षण

समाचार

सिद्धिविनायकमा निःशुल्क मुटु परीक्षण

रत्ननगर, ३२ जेठ । पूर्वी चितवनको कालिका नगरपालिका ७, खोलेसिमलस्थित सिद्धि विनायक आवासीय मा.वि. मा निःशुल्क मुुटु परीक्षण गरिएको छ । चितवन एभरेष्ट अस्पताल र कलेज अफ मेडिकल साइन्सेज भरतपुरको सहयोगमा विद्यालयका सबै विद्यार्थीहरुको मुटु परीक्षण गरिएको थियो । विद्यालयमा रहेका ९ सय ८८ जना विद्यार्थीमध्ये मुटुको समस्या देखिएका विद्यार्थीहरुको निःशुल्क इको लगायतका परीक्षणहरु गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीले जानकारी दिए । कार्यक्रममा डा. लौडारीसहित डा. कौशलकिशोर तिवारी, डा. निशा रेग्मी, डा. प्रवीण चौधरी लगायतका स्वास्थ्यकर्मीहरुको समूहले विद्यार्थीको मुटु परीक्षण गरेको थियो । कार्यक्रम विद्यालयका प्राचार्य विष्णुमणी लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अस्पतालका जनसम्पर्क अधिकृत कृष्णप्रसाद घिमिरे, जुटपानी रेडक्रस उपशाखाका सभापति गणेश शर्मा पौडेल, पिठुवा स्रोत केन्द्रका स्रोतव्यक्ति अनिता अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, विद्यालयका सहायक प्राचार्य नवराज बञ्जारा, डाइरेक्टर लीलाबहादुर गुरुङ्ग, शिक्षक फणिन्द्र सेढाईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।