समाचार
चितवन, १ असार । चितवनका युवा व्यवसायी बालगोपाल चुकेले नवलपरासीको भीमसेन आदर्श उच्च मावि देवचुली राम्बासकी एक विपन्न छात्रालाई एक वर्षको छात्रवृत्ति प्रदान गरेका छन् ।
विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा चुकेकी धर्मपत्नी अनुषा चुकेले छात्रवृत्ति रकम विद्यालयका प्राचार्य नरदेव न्यौपानेलाई प्रदान गरिन् । विद्यालयमा कक्षा ८ मा अध्ययनरत चुरीकला काफ्लेलाई छात्रवृत्ति प्रदान गरिएको हो ।