समाचार
नारायणगढ, १ असार । विश्व रक्तदाता दिवस चितवनमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुुरले मंगलबार भरतपुर उपमहानगरपालिका १३, कैलाशनगरमा रक्तदान कार्यक्रमको आयोेजना गरी दिवस मनाएको छ । कार्यक्रममा १ सय २४ जनाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाका सभापति विजयराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने प्रमुख अतिथि रहेका थिए । क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुुरले मंगलबार भरतपुरमा रक्तदातालाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ ।