समाचार
नारायणगढ, १ असार । जिल्ला पशु सेवा कार्यालय चितवनले मंगलबार पूर्वी चितवनका दुई वटा गाई फार्मको स्थलगत अनुगमन गरेको छ ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर रामकुमार कार्कीको नेतृत्वमा गएको टोलीले खैरहनी नगरपालिका ३, गोठश्वरमा रहेको अर्याल गाई फार्म र राप्ती नगरपालिका ७, धमौरामा रहेको दनाई गाईपालन व्यवसायी फार्मको अनुगमन गरेको हो ।
जिल्लामा व्यावसायिक रुपमा गाईपालन गर्दै आएका किसान २ सय १२ जना रहेको जिल्ला पशु सेवा कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार, चितवनमा दैनिक दुई लाख लिटर दूध उत्पादन हुँदै आएको छ । अनुगमनमा जिल्ला पशु सेवा कार्यालयका कर्मचारी, जिल्लाका अगुवा किसान र पत्रकार सहभागी थिए ।