समाचार
नारायणगढ, १ असार । लामो समयदेखि रोकिएको ठोरी–केरुङ लोकमार्ग बन्ने भएको छ ।
लोकमार्ग अन्तर्गतको भरतपुर–जगतपुर–माडी–ठोरी सडकखण्डका लागि ३६ करोड रुपैयाँ मंगलबार अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले लोकमार्गका लागि बजेट विनियोजन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । २०७२ माघ २१ र २०७३ बैशाख २८ गते बजेटको माग गर्दै पत्र अर्थ मन्त्रालयमा पठाइएको थियो ।
यो सडकखण्ड भविष्यमा उत्तर–दक्षिण नाका जोड्ने ठोरी–रसुवागढीको नाका सबैभन्दा छोटो रुट हो । यसको लागि डीपीआर तयारी लगायत आयोजना पूर्व तयारी र ठेक्का पूर्वका सम्पूर्ण मापदण्ड पूरा गरी कार्यक्रम स्वीकृत गरेको अर्थ मन्त्रालयका शाखा अधिकृत भीमप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।