समाचार
नारायणगढ, २ असार । लोकदोहोरी गायक बिक्रम क्षेत्रीले आफ्नो दोस्रो गीति एलबम बतासै चल्यो बजारमा ल्याएका छन् ।
शर्मिला गुरुङसँग सालैजो भाकामा गीत गाएका बिक्रमले ज्योति घिमिरेले छायाँकन गरेको गीतको भिजुअलमा कुसुम तामाङसँग मोडलिङ गरेका छन् । दुर्गाप्रसाद तिवारी र बिक्रमको शब्द रचनामा संगीत भर्ने काम प्रकाश केसीले गरेका छन् । गतवर्ष आफ्नो पहिलो एलबम आकाशको जुनपछि २४ वर्षीय बिक्रमले यसवर्ष बतासै चल्यो एलबम बजारमा ल्याएका हुन् ।