Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार कन्सल्टेन्सी बन्द गर्न नहुने

समाचार

कन्सल्टेन्सी बन्द गर्न नहुने

नारायणगढ, २ असार । दर्ताको प्रकृयामा गएका कन्सल्टेन्सीलाई बन्द गर्न नहुने बुधबार पत्रकार सम्मेलन गरी इक्यान चितवनले जानकारी गराएको छ । दर्ता नभएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले अनुगमन गरेको र दर्ताको प्रकृयामा आफूहरु गइरहँदा संस्था नै बन्द गर्न लगाएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । शिक्षा मन्त्रालयले स्वीकृति नदिएको र लिनको लागि प्रकृयामा समेत नगएकालाई बन्द गरेपनि प्रकृयामा गएको निवेदन दिएका संस्थाहरुलाई बन्द गर्न नहुने इक्यान चितवनका अध्यक्ष जीवन रिजालले बताए ।