Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार दलित युवाका लागि तालिम

समाचार

दलित युवाका लागि तालिम

नारायणगढ, २ असार । संयुक्त राजनीतिक दलित संघर्ष समिति चितवनले दलित युवाहरुका लागि पाँचदिने व्यक्तित्व विकाससहित उद्घोषण तालिम बुधबारदेखि सुरु गरेको छ । नगरपालिकाका सामाजिक विकास अधिकृत रामकृष्ण ढकाल प्रमुख अतिथि रहेको कार्यक्रमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष चुडामणि सापकोटा, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य रुपा विश्वकर्मा, मुक्ति समाजका केन्द्रीय सदस्य चक्र रुचाल, दलित आन्दोलनका अगुवाहरु शान्ति परियार, विजयकुमार विक, इष्टबहादुर वि.क., बाबुराम परियार प्यासी, श्रीप्रसाद खातीलगायतले तालिमको सफलताको कामना गरेका थिए । तालिमको उद्घाटन समारोह संयुक्त राजनीतिक दलित संघर्ष समिति चितवनका अध्यक्ष भीमबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । भरतपुर उपमहानगरपालिका कार्यालयको सहयोगमा सञ्चालित तालिममा ३० जनाको सहभागिता छ ।