समाचार
नारायणगढ, २ असार । भरतपुरमा बुधबार भूपेन्द्र चेपाङको अध्यक्षतामा ११ सदस्यीय नेपाल लोकतान्त्रिक आदिवासी जनजाति जिल्ला समन्वय समिति अन्तर्गतको चेपाङ संघ गठन भएको छ ।
नयाँ समितिको उपाध्यक्षमा दिपलाल चेपाङ, सचिवमा भीमबहादुर चेपाङ, कोषाध्यक्षमा फूलमति चेपाङ र सहसचिवमा विकास चेपाङ रहेका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति जिल्ला सचिव तथा विभागीय प्रमुख नरेन्द्र कन्दङ्वाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्वसभासद गोविन्दराम चेपाङ रहेका थिए ।