समाचार

एक सय एकले गरे रक्तदान

चितवन, ३ असार । पूर्वीचितवनको भण्डारामा बिहीबार एक सय एक जनाले रक्तदान गरेका छन् । सशस्त्र प्रहरी बल गढीमाई गण भण्डाराले आयोजना गरेको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी र सर्वसाधारणले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी चितवनकी कोषाध्यक्ष अनिता मैनालीले गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपानेलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेकी हुन् ।