समाचार

स्थापना दिवसका अवसरमा वृक्षारोपण

नारायणगढ, ३ असार । चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयको छैटौँ स्थापना दिवसका अवसरमा बिहीबार विश्वविद्यालय हाताभित्र वृक्षारोपण गरिएको छ । विश्वविद्यालयको पशु विकास फार्म क्षेत्रमा उपकुलपति प्रा.डा. आइपी ढकाल र रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपतिले संयुक्त रुपमा बिरुवा रोपी कार्यक्रमको उद्घाटन गरेका हुन् । २०६७ साल असार ३ गते स्थापना भएको विश्वविधालयले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।