समाचार
नारायणगढ, ३ असार । चितवन जिल्ला अदालतको आयोजना र पुष्पाञ्जली हस्पिटलको समन्वयमा बिहीबार अदालत परिसरमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा एक सयभन्दा बढी बिरामीको रक्तचाप र मधुमेहको जाँच गरिएको अदालतका सूचना अधिकारी कृष्ण बरालले बताए । जिल्ला न्यायधीश टेकनारायण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा डा. भोजराज अधिकारीले रक्तचाप र मधुमेह अहिले घरघरको रोग भइसकेको बताए ।