समाचार

युवालाई कुक तालिम

रत्ननगर, ३ असार । रत्ननगर नगरपालिकाको सहयोगमा पूर्वी चितवनको मैनाहामा तीनदिने कुक तालिम बिहीबारदेखि सुरु भएको छ । आयआर्जन तथा सीपमुलक तालिम उपभोक्ता समितिले आयोजना गरेको तालिममा ३० जनाको सहभागिता छ । तालिममा गुनबहादुर कुमालले विभिन्न खानाका परिकार बनाउन सिकाउने छन् । तालिममा नेपाली,इन्डियन र चाईनीज खाना बनाउन सिकाइने प्रशिक्षक कुमालले बताए ।