समाचार
नारायणगढ, ३ असार । प्रशासनको निर्देशन अवज्ञा गर्ने नौ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रशासनको निर्देशन विपरीत कन्सल्टेन्सी र म्यानपावर संचालन गर्ने नौ जनालाई बिहीबार नियन्त्रणमा लिएको हो । आवश्यक कागजात नभएको र प्रशासनको निर्देशन अवज्ञा गर्ने तीन वटा कन्सल्टेन्सी र एउटा म्यानपावरका संचालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीले म्यानपावरतर्फ ट्रष्ट नेपाल ओभरसीज र कन्सलटेन्सीतर्फ चिवा एजुकेसन सेन्टर, गोल्डेन फ्युचर ओपन स्कूल र सेन्ट जेभियर इन्ष्टिच्युटका संचालक र कर्मचारी गरी नौ जनालाई नियन्त्रणमा लिएको छ । ट्रष्ट नेपाल ओभरसीजले शाखा संचालनको अनुमति नलिएको र अन्यले शिक्षा मन्त्रालयको स्वीकृति नलिएकोले प्रहरीले जनाएको छ ।