समाचार
कावासोती, असार ४ । महिला सञ्जाल देउरालीको आयोजनामा शुक्रबारदेखि झ्यालबासमा चार दिने उद्घोषण तालिम शुरु भएको छ । देउराली गाउँ विकास समितिको सहयोगमा भएको तालिममा ३० जना महिलाहरुको सहभागिता छ ।
महिला सञ्जाल देउरालीकी अध्यक्ष शोभा मल्लको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा देउराली गाविसका सचिव टेकप्रसाद न्यौपाने, अन्तरपार्टी महिला सञ्जाल नवलपरासीकी अध्यक्ष बिमला अर्याल, पत्रकार विद्रोही गिरी, सहयात्रा नेपालकी अध्यक्ष पदमा जिसीलगायतले मन्तव्य राखेका थिए ।
पत्रकार विद्रोही गिरी र अन्तरपार्टी महिला सञ्जाल नवलपरासीकी अध्यक्ष विमला अर्यालले तालिममा सहजीकरण गरेका छन् ।