समाचार
रत्ननगर, असार ४ । चितवनको रत्ननगर–८ स्थित उपभोक्ता समितिले आयोजना गरेको बालबालिका लक्षित कार्यक्रम अन्र्तगत बालबालिकाको क्षमता अभिवृद्धि तथा बालमैत्री अभिमुखिकरण कार्यक्रम शुक्रबारबाट शुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा रत्ननगर–८ को विभिन्न टोल विकास संस्थाका तर्फबाट ४४ जना बालबालिककोे सहभागिता रहेको छ । कार्यक्रममा क्वेष्ट मोडल कलेजका प्रमुख जगदिशचन्द्र शर्मा, महेश पाण्डे, चक्रपाणि तिमल्सिना लगायतले अभिमुखिकरण गरेका थिए ।