समाचार

केवुलकार समितिले नै बनाउने

गैडाकोट, असार ४ । नवलपरासीको गैंडाकोटमा रहेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले मन्दिरसम्म पुग्न केवलकार सञ्चालनका सम्बन्धमा कुनै व्यक्ति वा संस्थालाई जिम्मा नदिइएको जनाएको छ । समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै मन्दिरसम्म पुग्न वैकल्पिक बाटोको खोजी भैरहे पनि तत्काल केवरकार सञ्चालनका लागि प्रकृया सुरु नभएको जनाएको समितिका अध्यक्ष शालिकराम सापकोटाले विज्ञप्तीमा भनेका छन् । विज्ञप्तीमा ‘धेरै व्यक्ति वा समूहले केवुलकार निमार्णका लागि चासो देखाए पनि धार्मिक सेवा समितिले अपनत्व हुुनेगरी सामुहिक लगानीमा केवलकार निमाणका लागि पहल गरिरहेको जनाइएको छ ।