Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार महिला स्वास्थ्य परीक्षण

समाचार

महिला स्वास्थ्य परीक्षण

नारायणगढ, असार ४ । मंगलपुर हेल्थपोष्टमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण तथा परिवार नियोजनको अस्थायी साधन लगाउने कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्वास्थ्य शासन सुदृढीकरण कार्यक्रम अन्र्तगत भएको कार्यक्रममा २६ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको मंगलपुर हेल्थपोष्टका इन्चार्ज इश्वारा तिवारीले जानकारी दिइन् । कार्यक्रममा परिवार नियोजनको अस्थायी साधन अन्तर्गत कपर टी र नरप्लान्ट लगाइएको थियो । कार्यक्रममा प्राविधिक सहयोग परिवार नियोजन संघ चितवनले गरेको थियो ।