समाचार

काउलेको विद्यालयलाई सहयोग

नारायणगढ, असार ४ । युथ क्लव नारायणगढले काउले–४ मा रहेको जीवनज्योति राप्राविका ७७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवका कार्यवाहक अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यलय भरतपुरका श्रोतव्यक्ति राजेन्द्रबावु ढकाल, क्लवका कार्यकारी निर्देशक दयाराम कँडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर प्रजा, प्रधानाध्यापक दुर्गा पुरी, शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर रानामगर लगायतले मन्तव्य राखेका थिए । ९८ प्रतिशत चेपाङ विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयको गत २०७२ साल बैशाख १२ गते आएको भुकम्पले भवन भत्किएको थियो । युथ क्लव नारायणगढले ‘कुसुना नेपाल फ्रेण्डसिप एसोसियसन’ को सहयोगमा उक्त भवन निर्माण थालेको छ ।