Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार पुडासैनी मैत्री समाज गठन

समाचार

पुडासैनी मैत्री समाज गठन

नारायणगढ, ४ असार । चितवनका पुडासैनीहरुको शनिबार बसेको भेलाले डोलकप्रसाद पुडासैनीको अध्यक्षतामा पुडासैनी मैत्री समाज चितवन गठन गरेको छ । समितिको उपाध्यक्षमा रामप्रसाद पुडासैनी, सचिव पुष्करप्रसाद पुडासैनी, सह–सचिवमा लिलानाथ पुडासैनी, कोषाध्यक्ष रत्नप्रसाद पुडासैनी र सह–कोषाध्यक्षमा तारानाथ पुडासैनी रहेका छन् । भेलाले फोक्सोको क्यान्सर पीडित ध्रुवप्रसाद पुडासैनीलाई उपचारका लागि २७ हजार आठ सय नगद सहयोग गरेको छ । कार्यक्रम पुडासैनी मैत्री समाजका केन्द्रीय सदस्य हरिकृष्ण पुडासैनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।