समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम

नारायणगढ, ५ असार । भरतपुर–९ शरदपुरमा रहेको कान्तिपुर बहुप्राविधिक शिक्षालयको आयोजनामा शनिबार शिक्षालयको प्राड्डणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको सहयोगमा कान्तिपुर कलेजले संचालन गरेको परफमेन्स ग्राण्ड परियोजना अन्तरर्गत सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । शिक्षालयका कार्यकारी निर्देशक श्यामजी क“डेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत रुद्रकुमार श्रेष्ठ, शिक्षालयका बरिष्ठ सल्लाहकार डा.अर्जुनकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा कार्यकारी निर्देशक क“डेलले ७४ लाख ३१ हजार रुपैया“ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।