समाचार

लायन्स लंकूमा हरिदासको नेतृत्व

चितवन, ५ असार । लायन्स क्लव अफ लंकूको शनिबार बसेको प्रथम साधारणसभा तथा अधिवेशनले हरिदास सापकोटाको अध्यक्षतामामा नयाँ नेतृत्व चयन गरेको छ । क्लवको प्रथम उपाध्यक्षमा भुवानन्द सापकोटा, द्वितीय उपाध्यक्षमा रामजी पौडेल, तृतीय उपाध्यक्षमा श्रीप्रसाद कंडेल चयन भएका छन् । क्लवको सचिवमा नारायणप्रसाद सापकोटा, कोषाध्यक्षमा हरिप्रसाद खरेल, सहसचिवमा भोजनारायण कंडेल र सहकोषाध्यक्षमा टीकाराम खरेल निवार्चित भएका छन् ।