Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार आदर्शको बाल भेला

समाचार

आदर्शको बाल भेला

चितवन, ५ असार । आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यका छोराछोरी एवम् बाल बचतकर्ताहरुलाई लक्षीत गरी बाल भेला, प्रतिभा सम्मान र निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका संयोजक भानुभक्त कंडेलको अध्यक्षता र संस्थाकी अध्यक्ष मीना खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालबालिकाको निःशुल्क दन्त परीक्षण एवम् औषधि वितरण गरिएको थियो । उक्त अवसरमा ११ सदस्यीय आदर्श बाल क्लवको गठनसमेत गरिएको संस्थाका व्यवस्थापक नारायणप्रसाद सापकोटाले जानकारी दिए ।