समाचार

उन्नत डेरीको शुभारम्भ

चितवन, ५ असार । चित्रवन नगरपालिका –८ भीमनगरमा रहेको उन्नत गाईपालन समूहले शनिबारबाट दुध, दही, घिऊ, पनीरको उत्पादन गरी चनौली बजारमा बिक्री कक्ष शुभारम्भ गरेको छ । समूहका अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि सहकारी संस्था चनौलीका अध्यक्ष श्रीलाल अधिकारी लगायतले मन्तव्य दिएका थिए ।