समाचार
नवलपरासी, ५ असार । एसएससी परीक्षा २०७२ मा दृष्टिबिहिनतर्फ नवलपरासीका सौगात वाग्ले सर्वोकृष्ट भएको दावी गरिएको छ । नवलपरासीको देवचुली नगरपालिका–३ का सौगात वाग्लेले अमरसिंह नमूना उच्च मावि पोखराबाट एसएलसी दिएका थिए ।
प्रारम्भिक कक्षामा गाउँमै पढेका उनी आँखा नदेख्ने समस्या भएपछि ब्रेललिपीमा पढ्नका लागि पोखरा गएका थिए । जिपीए अनुसार उनले ए प्लस अर्थात् ३.८० ल्याएका छन् ।
वाग्लेले जति अन्य दृष्टिबिहिन विद्यार्थीले अंक नल्याएको दावी अमरसिंह नमूना उच्च माविका प्रचार्य तेजस्वी वाग्ले गरे । २०५८ साल बैशाख २८ गते जन्मेका वाग्लेले कक्षा तीनबाट ब्रेललिपी पढ्न थालेका हुन् ।