समाचार

एसओएस दिवसमा रक्तदान

चितवन, ५ असार । ३० औँ अन्तर्राष्ट्रिय एसओएस दिवसको अवसरमा शनिबार भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एसओएस हर्मन माइनर विद्यालय जुनियर रेडक्रस सर्कल र एसओएस युवालय भरतपुरको आयोजनामा कार्यक्रम गरिएको थियो । एसओएस बालग्राम नेपालका नायव राष्ट्रिय निर्देशक भोलानाथ पौडेलको विशेष उपस्थितिमा सम्पन्न रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । एसओएस दिवसका अवसरमा एसओएस हर्मन माइनर विद्यालय भरतपुरमा आइतबारदेखि विशेष खेलकुदका कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य सुरेन्द्र अमगाईले जानकारी दिए ।