समाचार
चितवन, ५ असार । हिमाली बचत तथा ऋण सहकारी संस्था लि.जागृतीचोकको आयोजनामा शनिबार हिमालय प्राथमिक विद्यालय जागृतीचोकमा दन्त शिविर सम्पन्न भएको छ ।
कलेज अफ मेडिकल साईन्सेज भरतपुरको सहयोगमा सञ्चालित शिविरमा एक सय १३ विरामीले सेवा लिएका थिए । कार्यक्रममा बरिष्ठ दन्त चिकित्सक डा. शशि केशावार र डा. दिपिका कपुरले दन्त परीक्षण गर्नुका साथै संस्थाका बाल सदस्यहरुलाई टुथपेस्ट र ब्रस पनि वितरण गरिएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष बालकुमारी कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।