समाचार
चितवन, ५ असार । अनेमसंघ रत्ननगर–८ को शनिबार सम्पन्न छैठौं अधिवेशनले सुनिता श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गिता कार्की, सचिवमा दर्गा खनाल, उप–सचिवमा शान्ता गुरुङ र कोषाध्यक्षमा गिता अधिकारी चयन भएका छन् ।
अनेमसंघकी केन्द्रिय सदस्य प्रभा बरालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा जिल्ला कमिटी सचिवालय सदस्य महादेवी खतिवडा, अनेमसंघकी उपाध्यक्ष विमला दुवाडी, नेकपा एमाले रत्ननगरकी सचिव एन्जिला कुँवर लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम अनेमसंघकी अध्यक्ष विन्दु खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीमा क्रियासील पाँच जना जेष्ठ नागरिकलाई सम्मान तथा फलफूल वितरण गरिएको थियो ।