समाचार
नारायणगढ, १० असार । नेपाल चेपाङ संघको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनको नारायणगढमा हुने भएको छ ।
असार १० र ११ गते सम्पन्न हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने पूर्व सभासद गोविन्द चेपाङले जानकारी दिए । महाधिवेशनमा चेपाङ समुदायको हक, अधिकारका विषयमा छलफल हुने उनले बताए ।
नारायणगढको नारायणी कला मन्दिरमा सम्पन्न हुने महाधिवेशनको उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले उद्घाटन गर्ने कार्यक्रम छ । तीन सय जना प्रतिनिधि सहभागी हुनेछन् ।