Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार शिव टोल बालश्रममुक्त

समाचार

शिव टोल बालश्रममुक्त

भरतपुर, १० असार । भरतपुर उपमहानगरपालिका ७ स्थित शिव टोललाई एक कार्यक्रमको आयोजना गरी वातावरणमैत्री तथा बालश्रममुक्त टोल घोषणा गरिएको छ । शिव टोल विकास संस्था कृष्णपुरको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा टोललाई वातावरणमैत्री तथा बालश्रममुक्त घोषणा गरिएको हो । संस्थाका अध्यक्ष ज्ञानबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि भरतपुर उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बराल रहेका थिए । कार्यक्रममा क्षेत्रीय वन निर्देशनालयका उपनिर्देशक विष्णुप्रसाद पौडेल, चित्रवन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्याल, युथ क्लब नारायणगढका कार्यवाहक अध्यक्ष रामचन्द्र आचार्य, संस्थाका निवर्तमान अध्यक्ष नरेन्द्र सिग्देल, वातावरणमैत्री वडा घोषणा समितिका संयोजक राजेन्द्रबाबु ढकाल, संस्थाका सहसचिव हिमाल दवाडी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।