समाचार

ब्राह्मण समाज नेपालको नगर अधिवेशन

रत्ननगर, २६  पुस । ब्राह्मण समाज नेपाल राप्ती नगरपालिकाको प्रथम अधिवेशन आइतबार सम्पन्न भएको छ ।
नेपाल ब्राह्मण संघ केन्द्रीय सम्पादन समितिका सदस्य धु्रवराज शर्मा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले चतुर्भुज तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यक्रममा राप्ती नगर धार्मिक महोत्सव एवं बृहद श्रीमदभागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भएको आयव्यय सार्वजनिक गरिएको थियो । महायज्ञका संयोजक भरत पाठकले महायज्ञबाट ४७ लाख ४४ हजार रुपैयाँ आम्दानी र ११ लाख ११ हजार रुपैयाँ खर्च भएको जानकारी दिए ।