Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार परोपकारको अन्तरक्रिया

समाचार

परोपकारको अन्तरक्रिया

नवलपरासी, २७ पुस । परोपकार साकोस दलदलेको अयोजनामा अन्तरक्रिया कार्यक्रम मंगलबार दलदलेमा सम्पन्न भएको छ ।
सहकारीको ११ औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष देवराज पौडेलले जानकारी दिए । नगरपालिकाभित्रका सहकारी संस्थाका अध्यक्ष एवं सरोकारवाला सहभागी उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपरासीका सचिव होमनाथ जैसी प्रमुख अतिथि रहेका थिए ।
विक्रम सम्वत् २०६३ सालमा स्थापना भएको संस्थाले स्थानीय स्तरमा बचत तथा ऋणका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको छ । परोपकार साकोसले राष्ट्रिय स्तरको प्रोबेसन ब्राण्ड प्राप्त गरेकोमा सहभागीले संस्थालाई शुभकामना ब्यक्त गरेका थिए ।