Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार सकियो एमालेको प्रशिक्षण

समाचार

सकियो एमालेको प्रशिक्षण

नवलपरासी, २७ पुस । वर्तमान सन्दर्भमा नेकपा एमालेको भूमिका बिषयक दुईदिने प्रशिक्षण मंगलबार देवचुली नगरपालिकामा सम्पन्न भएको छ ।
नेकपा एमाले नवलपरासी क्षेत्र नम्बर एकको आयोजनामा क्षेत्र स्तरीय प्रशिक्षण गरिएको एमाले क्षेत्रीय अध्यक्ष होमनाथ जैसीले बताए । राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान संविधान कार्यान्वयनमा एमालेको अभियान भन्ने नाराका साथ प्रशिक्षण अभियान संचालन भएको थियो  ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पार्टी स्कुल विभागका उप–प्रमुख शंकर पोख्रेल, पोलिटब्युरो सदस्य गणेश तिमिल्सेना, पार्टी स्कुल विभागका सचिव ईश्वरी रिमाल, केन्द्रीय सदस्य बद्री रिमाल र  घनश्याम कोइरालाले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणपछि सहभागी प्रशिक्षार्थीले गाउँगाउँमा गई मातहतका कार्यकर्तालाई प्रशिक्षण चलाएर एमालेको राष्ट्रिय अभियान सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गर्नमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।