समाचार
विजयी सदस्यलाई बधाई
चितवन, २७ पुस । नेपाल निजामति कर्मचारी संगठन चितवनले हालै भएको केन्द्रीय अधिवेशनमा चितवनबाट विजयी हुन सफल दुई जना केन्द्रीय सदस्य र एक जना उपाध्यक्षलाई मंगलबार बधाई दिँदै सम्मान गरेको छ ।
संगठनले केन्द्रीय सदस्यमा निर्वाचित गोपाल गौतम र शान्ति शर्मा एवं उपाध्यक्ष बैकुण्ठ गुरागाईलाई बधाईसहित सम्मान गरेको हो । संगठनका जिल्ला अध्यक्ष फणिन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष विष्णु धिताल, एमाले पेशागत इन्चार्ज एकनारायण शर्मा, जिल्ला सहसचिव लक्ष्मण सुवेदीले नवनिर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गरेका थिए ।


