चितवन, २७ पुस । चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन् केन्द्र अवलोकन गर्न परिवारसहित आएकी एक जना भारतीय पर्यटकको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार, भारतको गुजरात घर भएकी २२ वर्षीया स्नेहा कानपरा परिवारसहित हात्ती प्रजनन् केन्द्रमा छावा हेर्न गइरहेका बेला जंगली हात्तीको आक्रमणमा परेकी हुन् । एक्कासी जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएकी स्नेहालाई उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु हुन पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव शल्यपरीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको छ ।