Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार सेनाको आयोजनामा चेपाङको स्वास्थ्य परीक्षण

समाचार

सेनाको आयोजनामा चेपाङको स्वास्थ्य परीक्षण

चितवन, २८ पुुस । नेपाली सेनाले चितवनको पहाडी क्षेत्र शक्तिखोर र सिद्धिका विपन्न चेपाङ समुदायको बुधबार स्वास्थ्य परीक्षण गरेको छ ।
भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल र क्लिनिक नेपालको सहयोगमा दि फेमस महिन्द्र दल गण भरतपुरले शक्तिखोरको चतुर्मुखी उच्च माविमा शिविर गरेर चेपाङको स्वास्थ्य परीक्षण गरेको हो ।
भरतपुर अस्पताल, आँखा अस्पताल र नेपाली सेनाकै विशेषज्ञ डाक्टरहरु आउने थाहापाएपछि टाढाबाट पनि चेपाङ समुदाय स्वास्थ्य परीक्षणको लागि शक्तिखोर आएका थिए । शिविरमा चेपाङसहित अन्य जातजातिका गरी दुई सय ७५ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको दि फेमस महिन्द्र दल गण भरतपुरका गणपति सुरेन्द्र सापकोटाले जानकारी दिए ।