Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार आजदेखि खिचरा महोत्सव

समाचार

आजदेखि खिचरा महोत्सव

चितवन, २८ पुस । पूर्वी चितवनको खैरहनी ५, गौचरनमा बिहीबारदेखि चौथो खिचरा महोत्सव सुरु हुँदैछ ।
थारु संस्कृति र खानाको प्रवद्र्धननका लागि थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर सात चितवनले महोत्सव आयोजना गरेको हो । महोत्सव उद्घाटन हुनुपूर्व बिहान पर्सा बजारबाट शोभायात्रा निकालिनेछ । पुस २८ गतेदेखि माघ ५ गतेसम्म चल्ने महोत्सवमा एक सय २० वटा स्टल रहेको मूल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिए ।
थारु समुदायको पर्व माघीको अवसरमा आयोजना गरिएको महोत्सवमा २० वटा खानाका, ८० वटा व्यावसायिक, १० वटा अटो र ६ वटा कृषिका स्टल रहेको संयोजक महतोले जानकारी दिए । महोत्सव सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने र महोत्सवबाट भएको आम्दानीबाट थारु सांस्कृतिक संग्रहालय निर्माण गर्ने योजना रहेको आर्थिक समितिका संयोजक टिकेन्द्र चौधरीले जानकारी दिए ।