समाचार
एक सय छत्तीस जना चेलीको उद्धार
चितवन, २८ पुस । माइती नेपालमार्फत गएको एक वर्षमा चितवनबाट एक सय ३६ जना चेलीको उद्धार गरिएको क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले जानकारी दिएका छन् ।
बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा एक सय दुई जना र जोखिममा परेका ३४ जनालाई उद्धार गरिएको उनले बताए । केहीलाई भारतबाट समेत फर्काउन सफल भएको माइती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालले जानकारी दिइन् ।


