Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार पत्रकार महिला ¥याफ्टिङमा

समाचार

पत्रकार महिला ¥याफ्टिङमा

चितवन, २८ पुस । उद्योग वाणिज्य संघ चितवनले चितवन महोत्सवको अवसर पारेर जिल्लामा रहेका पत्रकार महिलाहरुलाई ¥याफ्टिङ गराएको छ ।
तनहुँ, चितवन र नवपरासीको संगम देवघाटधामबाट चितवन महोत्सव स्थलसम्म पत्रकार महिलाहरुलाई डुंगासयर गराइएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले  चितवनलाई वन्यजन्तुसँगै जलविहार पर्यटनका दृष्टिले पनि परिचित गराउने प्रयास स्वरुप नारायणी नदीमा ¥याफ्टिङ गराउन सकिने बताए । उनले ¥याफ्टिङको माध्यमबाट चितवनमा जलबिहार गर्न चाहने पर्यटकलाई भित्र्याउन सकिने बताए ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंक पौडेलले देवघाटदेखि नारायणगढसम्म धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने बताए । चितवन महोत्सवका पर्यटन प्रवद्र्धन एवम् व्यवस्थापन समितिका संयोजक डासीराम ढकालको नेतृत्वमा गएको टोलीमा जिल्ला विकास समिति चितवनका योजना शाखाका अधिकृत प्रकाशचन्द्र पौडेले, चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदी, पर्यटन पत्रकार मञ्च चितवनका अध्यक्ष सूर्यप्रकाश कँडेल, जिल्लाका विभिन्न मिडियामा कार्यरत पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।