Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार देवघाटमा नियमित गंगा आरती

समाचार

देवघाटमा नियमित गंगा आरती

देवघाट, २८ पुस । देवघाटधाममा रहेको गलेश्वर आश्रमले माघ एक गतेदेखि हरेक दिन साँझ नियमित रुपमा गंगा आरती गर्ने भएको छ ।
गलेश्वर आश्रमका प्रमुख आत्मानन्द गिरीले कालीगण्डकी र त्रिशुली नदीको संगम देवघाटधामस्थित वेणीमा माघ एक गतेदेखि गंगा आरती गरिने जानकारी दिए । धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले निरन्तर रुपमा गंगा आरती गर्न लागिएको बुधबार पत्रकार सम्मेलन गरी जानाकारी दिइएको छ ।
सत्र वर्षअघि स्थापना भएको गलेश्वर आश्रमले देवघाट बेणीमा गंगा मन्दिर निर्माण गरेर भगवती मुर्तीको पूजा गर्दै आएको स्वामी आत्मानन्द गिरीले जानकारी दिए  । गंगा आरती सञ्चालनको लागि ममता न्यौपानेको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको उनले बताए ।
भारतको बनारस, हरिद्वारमामात्रै गंगा आरती हुने गरेको स्वामी आत्मानन्दले जानकारी दिए । उनले सौराहा आउने पर्यटकलाई देवघाटधामसम्म ल्याउनको लागि गंगा आरती गर्न लागिएको बताए । देवघाट गाविस, देवघाट क्षेत्रविकास समिति, गलेश्वर आश्रम, हरिहर सन्न्यास आश्रम, महेश सन्न्यास आश्रम र रेडक्रसको संयुक्त आयोजनामा गंगा आरती सञ्चालन गर्न लागिएको हो ।