समाचार

अपराधरहित समाज निर्माणका लागि सामुहिक प्रतिवद्धता

चितवन, २८ पुस । चितवन जिल्लाका कार्यालय प्रमुखहरुले अपराधरहित समाज निर्माणका लागि जनतासँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनीहरुले सामाजिक अपराध, विकृति, विसंगति न्यूनीकरणका लागि चितवनका नागरिकले खेलेको भूमिकाको प्रशंसा गर्दै सभ्य समाजका लागि हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । सामुदायिक सेवा केन्द्र नारायणगढले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिप्रका चितवनका प्रहरी उपरीक्षक दिपक थापा, सशस्त्र प्रहरी बल आँपटारीका प्रहरी उपरीक्षक श्याम कोइराला, जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले सामूहिक प्रतिवद्धता जनाएका हुन् ।