Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार राष्ट्रनिर्माणमा पृथ्वीनारायण नायक

समाचार

राष्ट्रनिर्माणमा पृथ्वीनारायण नायक

चितवन, २८ पुस । राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको नायकको भूमिका रहेको भूमि सुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले बताएका छन् ।
भरतपुरमा बुधबार दुई सय ९५ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । एकताका प्रतिकका रुपमा मान्दै आएका पृथ्वीनारायण शाहलाई आगामी दिनमा पनि यसरी सम्झँदै जानुपर्ने आवश्यकता रहेको उनले बताए ।
राष्ट्रका विभूति तथा धरोहरलाई पछाडि पार्ने प्रयास भएपनि सम्भव नहुने पछिल्लो समयमा प्रमाणित भएको मन्त्री पाण्डेले उल्लेख गरे ।  पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नहुनु दुःखद कुरा भएको उल्लेख गर्दै भूमिसुधार तथा व्यवस्थामन्त्री पाण्डेले पृथ्वीनारायण शाहले राष्ट्र र नेपाली जनताले पृथ्वीनारायण शाहको महत्व बुझेको बताए । स्वगत मन्तव्य व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका निर्देशन समितिका अध्यक्ष बद्री तिमिल्सिनाले नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक बिदा अवश्यकता भएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका अध्यक्ष रामहरि कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय विकास अधिकारी श्रवणकुमार पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पवित्रा जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन समिति चितवनका संयोजक तेजेन्द्रबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संगठनकी केन्द्रीय सदस्य बिनिता सिंह ठकुरी लगायतले बोलेका थिए ।