समाचार

बजेटको सदुपयोग गर्न साँसदको सुझाव

चितवन, २९ पुस । गाउँ विकासका निम्ति छुट्याएको बजेटको सदुपयोग गरेर गाउँ विकासमा लाग्नुपर्ने साँसद कृष्णभतm पोखरेलले बताएका छन् ।
कविलास गाउँ विकास समितिको गाउँसभामा बोल्दै साँसद पोखरेलले विकास निर्माणका योजनाहरु छनौट गर्दा जनप्रतिनिधिहरु बसेर छनौट गरिएको बताए । उनले बाटो, खानेपानी, सहकारी विकासका लागि प्राथामिकता दिइएको बताए ।
गाविस सचिव प्रद्युम्न खड्काको अध्यक्षतामा भएको गाउँसभामा बोल्दै साँसद गीता वाग्लेले विकासका लागि एक हुन आवश्यक रहेको भन्दै राजनितिक दलका प्रतिनिधिको सहभागितामा विकासलाई अगाडि बढाउनु पर्ने बताइन् ।