समाचार

हाजिरीजवाफमा मिलन प्रथम

भरतपुर, २९ पुस । चितवन माध्यमिक विद्यालय भरतपुरको वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा मिलन आवासीय बोर्डिङ स्कुल प्रथम भएको छ ।
विभिन्न क्षेत्रका १३ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा कमलदेवी आवासीय माध्यमिक विद्यालय द्वितीय र सनराइज आवासीय माध्यमिक विद्यालय तृतीय भएका छन् । कार्यक्रम जुनियर रेडक्रस सोसाइटी चितवन इकाइकी अध्यक्ष स्वस्तिका पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको थियो ।