रत्ननगर, २९ पुस । रत्ननगर नगरपालिकाको बिहीबार सम्पन्न नगर परिषदमा विभिन्न क्षेत्रका व्यक्ति, कर्मचारी र संस्थालाई सम्मान गरिएको छ ।
सम्मान प्राप्त गर्नेहरुमा पत्रकारद्वय राजेन्द्र आचार्य र विकास पौडेल, साहित्यकार तिलकराज शर्मा, लोकगायक मिलन लामा, खेलाडी पार्वती गुरुङ रहेका छन् । यसैगरी, उत्कृष्ट करदातातर्फ किशोर मिश्र र अक्यूट नेपाल प्रा.लि.लाई सम्मान गरिएको छ । वातावरणमैत्री वडातर्फ पहिलो शुभप्रभात टोल, दोश्रो कैलाश टोल र तेश्रो बगैंचा टोल सम्मानित भएका छन् । अनामनगर टोललाई प्रोत्साहन पुरस्कार दिइएको छ ।
कर्मचारीहरुतर्फ तेजेन्द्रनाथ लामिछाने, उर्मिला तामाङ, खगनाथ पराजुली, रुपा क्षेत्री, गोपाल भटराई, अनिशा पाण्डे, विजय बस्नेत, विनोद कुमाल, उदय भुजेल, राकेश नेपाली र यमबहादुर लामा सम्मानित भएका छन् ।