समाचार
अस्मिता बनिन् महोत्सव डान्सिङ स्टार
नारायणगढ, २९ पुस । चितवन महोत्सवको अवसरमा आयोजना गरिँदै आएको चितवन महोत्सव डान्सिङ स्टार बिहीबार सम्पन्न भएको छ ।
चितवनका १३ जना कलाकारले भाग लिएको प्रतियोगितामा नारायणगढकी अस्मिता सेन्चुरी पहिलो भएकी छिन् । प्रतियोगितामा गीतानगरकी अनुजा अधिकारी दोस्रो र विन्दा दाहाल तेस्रो भएका छन् । प्रतियोगिताका विजेताहरुलाई नगदसहित सम्मान गरिएको सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक रोहितकुमार श्रेष्ठले जानकारी दिए ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत बिहीबार नै लोक तथा दोहोरी गीत प्रतियोगिताको पहिलो चरण सम्पन्न भएको छ । सांस्कृतिक कार्यक्रममा शिव परियार, हरि योञ्जन, प्रिती आले, रामचन्द्र काफ्ले, जुनु रिजाल, राजेन्द्र बजगाईँ, पारु शाही लगायतका कलाकारले गीत गाएका थिए ।


