Mon09032018

Last update01:57:25 AM

Back You are here: Home समाचार महोत्सवमा बिच फुटबल

समाचार

महोत्सवमा बिच फुटबल

नारायणगढ, २९ पुस । नारायणगढको नारायणी नदी किनारमा रहेको प्रदर्शनी मैदानमा सञ्चालन भैरहेको ११औँ चितवन महोत्सवमा बिहीबारदेखि फाइभ ए साइड बिच फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न भएका खेलबाट भरतपुर फुटबल क्लब, नारायणगढ फुटबल क्लब, वसन्त युनाइटेड क्लब र सौराहा फुटबल क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल शुक्रबार हुने खेलकुद व्यवस्थापन समिति संयोजक प्रशान्तकुमार पियाले जानकारी दिए ।
प्रतियोगितामा विजेता हुने क्लबले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेता टिमले १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । चितवन महोत्सव अन्तर्गत शुक्रबार स्लो साइकल प्रतियोगिता समेत आयोजना गरिने भएको छ । महोत्सव स्थलमा हुने प्रतियोगितामा दुई वटा इभेन्ट हुने संयोजक पियाले जानकारी दिए ।